बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २९ गते विहिबार बसेको कम्पनीको संचालक समितीको बैंठकले लाभांश सहित साधारणसभा आह्वान गरेको छ ।

यहि बर्ष जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न पुस २२ गतेका लागि बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको छैठौ बार्षिक साधारणसभा कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ भने सभामा सेयरधनीहरु भर्चुअल माध्यामबाट समेत सहभागी हुन सक्नेछन् । 
कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय समेत गरेको छ त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।