नेपाल भारतबीचको स्वतन्त्र व्यापार सुविधाको दुरुपयोग भयोः सीईओ रावत 

नेपाल भारतबीचको स्वतन्त्र व्यापार सुविधाको दुरुपयोग भयोः सीईओ रावत 


काठमाडौं – र्याबो बैंक इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चरन रावतले भारत र नेपालबीचको स्वतन्त्र व्यापार सुविधाको दुरुपयोग भएको उल्लेख गरेका छन् । फिन्टेलेक्ट एन्टी मनि लाउण्डरिङ (एएमएल) लिडर्सिप कन्केभ २०२५ को तेस्रो सत्र (प्रभावकारी एएमएलरसीएफटी जोखिम पहिचान) लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एएमएलको प्रभावकारितामा भूपरिवेष्टित देश र भौगोलिक फैलावटले बैंकिङ्ग प्रणालीको पहुँचलाई असर गर्ने बताए ।

उनले अन्तर्राष्ट्रिय व्यापारमा निर्भरता, ठूलो संख्यामा एफएलएसको अस्वस्थ प्रतिस्पर्धा, हुन्डी कारोबारमा संलग्न, व्यापारमा आधार मनि लाउण्डरिङ , मानव बेचबिखन, सांस्कृतिक सम्पदा चोरी, वन्यजन्तु तस्करी आदि मुख्य चुनौतीको रूपमा रहेको बताएका छन् ।