सुनिल केसी बाहिरिएसँगै एनएमबी बैंकको सीईओको जिम्मेवारी घिमिरेलाई, सिनियर डीसीईओमा उपाध्याय

सुनिल केसी बाहिरिएसँगै एनएमबी बैंकको सीईओको जिम्मेवारी घिमिरेलाई, सिनियर डीसीईओमा उपाध्याय


काठमाडौं–  एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले २०८२ वैशाख १० आजदेखि गतेदेखि लागु हुनेगरी घिमिरेलाई सीईओ नियुक्त गरेकाे हाे ।

गत फागुनमा नै बैंक सञ्चालक समितिले १० वैशाख २०८२ देखि घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको थियो । यसअघि घिमिरे बैंकको डेपुटी सीईओ रहेका थिए । घिमिरेकाे कार्यकाल ४ वर्षको हुनेछ । 

मंगलबारदेखि सीईओबाट सुनिल केसी बिदा भएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेले सम्हालेका हुन् । यस्तै, बैंकले सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ । यसअघि नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका उपाध्याय सिनियर डीसीईओमा बढुवा भएका हुन् ।