काठमाडौं – नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलले पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाहरुमा प्रविधिको प्रयोग बढ्दै गएको बताएका छन् ।
फिन्टेलेक्ट एन्टी मनि लाउण्डरिङ (एएमएल) लिडर्सिप कन्केभ २०२५ लाई सम्बोधन गर्दै पौडेलले बैंक वित्तीय संस्थामा प्रविधिको प्रयोग बढ्दै जादा पनि एन्टी मनी लाउण्डरिङको क्षेत्रमा प्रविधिको प्रयोग निकै कम मात्रै भएको बताएका हुन् ।
उनले आर्टिफिसिय इन्टेलिजेन्स एआई जस्ता प्रविधिहरू एन्टी मनी लौण्डरिङकाे क्षेत्रमा प्रयोग गर्न आवश्यक रहेको बताउदै यो क्षेत्रहरूमा रहेका जोखिमहरूलाई कम गराउनुपर्ने बताए ।

पौडेलले प्रविधिको प्रयोगलाई प्रभावकारी ढंगले प्रयोग गरेर जोखिम मूल्यांकन गर्नुपर्ने बताए । त्यस्तै, उनले नेपालका बैंकहरुले सुशासन कायम गर्दै प्रशंसा गर्नेगरी प्रगति गर्दै आएको बताए ।
उनले हालपनि केहि समस्याहरु बैंकिङ्ग क्षेत्रमा रहेको बताउदै नेपाल केही महिनाअघि देखि कालोसूचीमा परेको र त्यसबाट बाहिर निस्कनका लागि राष्ट्र बैंकले आफ्नो तर्फबाट पनि पहल गरिरहेको बताएका छन् ।
प्रतिक्रिया