बैंकिङ्ग प्रणालीबाट फेरि ३५ अर्ब तान्दै केन्द्रीय बैंक

बैंकिङ्ग प्रणालीबाट फेरि ३५ अर्ब तान्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज वैशाख १० गते बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको २०८२ वैशाख ३१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंशाख लागेसँगै केन्द्रीय बैंकले तेस्रो पटक तरलता खिच्ने भएको हो। यसअगाडि ३ गते र ७ गते ३० अर्ब रुपैयाँ तानेको थियो।