गभर्नर नियुक्ती सम्बन्धी विवादको रिट आज पनि हेर्न नभ्याइनेमा


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीविरुद्ध दायर रिट आज पनि हेर्न नभ्याइनेको सूचीमा परेको छ । सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिको संशोधित मापदण्डविरुद्ध दायर रिट मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा पेसी परेकामा लगातार तेस्रो दिन हेर्न नभ्याइनेमा परेको हो। यसअघि आइतबार र सोमबार पनि रिट हेर्न नभ्याइनेमा परेकाे थियाे।

सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । यस्तै, आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमामा पनि हेर्न नभ्याइनेमा परेको थियो ।