गभर्नर नियुक्ती झनै अन्योलमा, सिफारिस समितिबाट डा. भट्टराईले दिए राजीनामा


काठमाडौं – नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस गठन समिति गठन गरेको थियो ।

गभर्नर सिफारिस समिति बनेको यतिका समय बितिसक्दापनि एउटा बैठक पनि बसेको छैन । अधिकांशले भट्टराईले राजीनामा दिनुकाे कारण पनि समितिको बैठक नबस्नु रहेकाे रहेको बताउँदै आएका छन् ।

यता, गत चैतदेखि राष्ट्र बैंक गभर्नरबिहिन बनेको छ । नेपाल सरकारले राष्ट्र बैंक ऐन पालना नगर्दै गभर्नर नतोक्दा राष्ट्र बैंकको नेतृत्वविहीन बन्न गएको समयमा सिफारिस समितिका सदस्यले नै राजीनामा दिँदा राष्ट्र बैंकले तत्काल गभर्नर पाउनेमा नै पनि अन्योलता सिर्जना भएको हो ।

राष्ट्र बैंकको ऐनमा बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिना अघि नै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले गभर्नरकाे कार्यकाल सकिँदासम्म पनि नियुक्ती नगरेर ऐन नै पालना नगरेको देखिन्छ।