काठमाडौं – आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दशलमव ९६ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, क्रेस्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशत कमाएका छन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरका लगानीकर्ताको सबैभन्दा धेरै ४४ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ । यस्तै, हिमालयन पावर पार्टनर लिमिटेडले ४० करोड ९४ लाख माथिको शेयर कारोबार भएको छ ।
यस्तै, आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकले १० प्रतिशतका दरले गुमाएको छ । आज युनियन हाइड्रोपावरले ६ दशमलव ७ प्रतिशतका दरले गुमाएको छ ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा हरियाली आएको छ। आज ८६ कम्पनीको मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ।






About Us
प्रतिक्रिया