चालु आर्थिक बर्षको चार महिनामा निर्यात ३३.३ प्रतिशतले कमी 

चालु आर्थिक बर्षको चार महिनामा निर्यात ३३.३ प्रतिशतले कमी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आर्थिक बर्ष २०७९÷०८० को चार महिनामा कुल वस्तु निर्यात ३३.३ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक सुचाङ्क अनुसार वस्तु निर्यात ५४ अर्ब ७७ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधीमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारतमा ४२.३ प्रतिशत र चीनमा ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात भने ७.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, उनी गलैजा, चिया, तयारी पोशाक लगायतको वस्तुको निर्यात बढेको छ भने सोयविन तेल, पाम तेल,पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यातमा भने कमी आएको छ । 

त्यस्तै, चालु आर्थिक बर्षको चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आएर ५३२ अर्ब ६९ करोड रहेको छ । अघिल्लो बर्षको सोही अवधीमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रसायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजको स्पेय पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी दुरसञ्चारका उपकारण तथा पार्ट्स एम.एस.विलेट, कच्चा सोयविन तेल लगायतका वस्तुको आयात घटेको छ । र आर्थिक बर्ष २०७९÷०८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आएर ४७७ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो बर्षको सोही अवधीमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो । समिक्षा अवधीमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही अवधीमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो । 

त्यस्तै, समिक्षा अवधीमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो बर्षको सोही अवधीमा यस्तो आयात ७१ अर्ब ४० करोड बराबरको भएको राष्ट्र बैंकले जनाएको छ ।