कुमारी बैंकको ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कुमारी बैंकले ५ लाख कित्ता बढी शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।