ऋण मिलाइदिन्छु भन्दै नेपाल बैंकका सञ्चालक अधिकारीले घुस खाएकाे पुष्टि


काठमाडौं – नेपाल बैंकका सञ्चालक तथा तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी कारबाहीमा परेका छन् । ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै पैसा उठाएको पुष्टि भएको भन्दै नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैँया जरिवाना गर्नुका साथै राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थामा पाँच वर्षका लागि सञ्चालक हुन अयोग्य हुने ठहर गरेको छ ।

राष्ट्र बैंकले नेपाल बैंकलाई २०८२ वैशाख २ गते पत्र लेख्दै जरिबाना रकम असुलउपर गराउन गर्न निर्देशन दिएको थियो । साथै, निर्देशन अनुसार नेपाल बैंकको गत शुक्रबार बसेको बैठकले डा.अधिकारीसँग जरिबाना असुल उपर गरिदिने र सम्बन्धित निकायमा कारबाहीबारे जानकारी गराउने निर्णय गरेको छ ।