काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीविरुद्ध दायर रिट आजपनि हेर्न नभ्याइनेको सूचीमा परेको छ । उक्त रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको पेसीमा तोकिएको थियो ।
आइतबार न्यायधीसद्वय हरिप्रसाद फुयाँल र नित्यनान्द पाण्डेको इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो । अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए । गत शुक्रबार नै डा. भट्टले कार्यकारी निर्देशकको पदबाट कार्यवाहक गभर्नर डा. नीलम ढुंगानालाई राजिनामा बुझाएका थिए । डा. भट्टले राजीनामा बुझाएपछि उनै भट्ट गभर्नर बन्न लागेको अड्कल पुष्टि भएको थियो ।
यता उनको राजीनामा स्वीकृत र उनलाई विपक्ष बनाएर परेको रिटमा सुनुवाई नहुँदा भने अन्योलता सिर्जना भएको छ । गत चैत २४ गते नै नियुक्त गर्नुपर्ने गभर्नर हालसम्म नियुक्त हुन सकेका छैनन् ।
प्रतिक्रिया