काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) मा ग्लोबल आईएमई बैंकका तर्फबाट नयाँ सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेकाे बैंकको सञ्चालक समिति बैठकले यसअघिका सञ्चालकमा रत्नराज बज्राचार्यकाे राजिनामा स्वीकृत गर्दै पोखरेललाई नियुक्त गरेको हो ।
यस्तै, बैंकको सञ्चालक समिति अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवालसहित सदस्यहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, ग्लोबल आईएमईका प्रतिनिधि सुमन पोखरेल संस्थापक सदस्य रहेका छन्।
साथै, सर्वसाधारण शेयरधनीतर्फ लिमा अधिकारी र प्रवीण सुवेदी तथा स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दाहाल सदस्य छन्।
प्रतिक्रिया