छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी सो शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

उक्त शेयर खरिद गर्ने इच्छुक यस वित्तीय संस्थाका शेयर धनीहरूले सूचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि शेयर धनीहरूसँग समन्वयन गरी आवश्यक कागजात प्रमाण संलग्न गरी यस संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर  काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई निवेदन दिन सक्नेछन् ।