गभर्नर नियुक्तीविरुद्ध दायर रिट पौडेल र निरौलाको संयुक्त इजलासमा


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीविरुद्ध दायर रिटको पेसी संयुक्त इजलासमा परेको छ । आजका लागि उक्त रिट न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको पेसीमा तोकिएको छ । आइतबार न्यायधीसद्वय हरिप्रसाद फुयाँल र नित्यनान्द पाण्डेको इजलासमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो ।

अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए । गत शुक्रबार नै डा. भट्टले कार्यकारी निर्देशकको पदबाट कार्यवाहक गभर्नर डा. नीलम ढुंगानालाई राजिनामा बुझाएका थिए । डा. भट्टले राजीनामा बुझाएपछि उनै भट्ट गभर्नर बन्न लागेको अड्कल पुष्टि भएको थियो ।

गत चैत २४ गते नै नियुक्त गर्नुपर्ने गभर्नर हालसम्म नियुक्त हुन सकेका छैनन् । सर्वोच्चमा मात्रै गभर्नर नियुक्तीको विषयमा दुई वटा विवाद पुगिसकेका छन् ।