काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) राजसंस्था पुन:स्थापना जागरण अभियानकर्ता दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोग गरेको अभियोगमा अनुसन्धान सुरु गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता सुधीर राज शाहीका अनुसार प्रसाईँको विरुद्धमा बैंकिङ्ग कसुरको मुद्दा परेको छ । प्रसाईँले विभिन्न बैंकहरुबाट होटेल, व्यवसाय, मेडिकल कलेज लगायत विभिन्न कम्पनीहरूको नाममा ऋण लिएर ऋणको अपचलन गरेको मुद्दा परेको प्रवक्ता शाहीले बताए ।
ऋणलाई अपचलन गरेको विषयमा राष्ट्र बैंकबाट कारबाही गर्नुपर्ने अनुरोध आएपछि मुद्दा दर्ता गरेर पक्राउ पुर्जि जारी गरिएको शाहीले बताए । गत साता पक्राउ परेका प्रसाईँविरुद्ध ब्यूरोले पनि सँगै मुद्दा चलाएर बयान लिन लागेको शाहीले बैंकिङ्ग समाचारलाई बताए ।
प्रसाईँविरुद्ध लगभग तीन/चार अर्ब बराबरको ऋण अपचलनको मुद्दा परेको उनले बताए । राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार प्रसाईँले विभिन्न बैंकमा खाता खोलेर अर्बौं रुपैयाँ ऋण निकालेको पाएकाले अनुसन्धानका लागी केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको हो ।
प्रतिक्रिया