सम्पदा लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित, अध्यक्षमा सिग्देल 


काठमाडौं –  सम्पदा लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिकाे अध्यक्षमा प्रदीप सिग्देल( शर्मा) निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वैशाख ६ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा सिग्देलसहित ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको संस्थापक  शेयरधनी समूह  ‘क’ बाट ४ जना र सर्वसाधारण शेयर धनी समूह ‘ख’ बाट २ जना गरी जम्मा ६ जना निर्वाचित भएका छन् ।

जसमा संस्थापक समूह ‘क’ को तर्फबाटअर्जुन कुमार सिं, जिवमूर्ति पन्त, हरि प्रसाद डुम्रे र प्रदीप सिग्देल (शर्मा) रहेका छन् । त्यस्तै, सर्वसाधारण शेयर धनी समूह ‘ख’ को तर्फबाट निर्वाचित हुनेहरूमा भेषराज रोकाया र विनोद तामाङ रहेका छन् ।