काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२१ अकंले घटेर २७०६. ५१ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर किनबचे हुँदा ८ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । आज ९३ कम्पनी घाटामा जाँदा १९२ कम्पनीले नाफा कमाएका छन् ।
आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले कमाएका छन् । यस्तै राँधी विद्युत् कम्पनीका लगानीर्ताले ६ दशमलव ६७ प्रतिशतले कमाएका छन् ।
आज सबैभन्दा धेरै राँधी विद्युत् कम्पनीको ६८ करोड माथिको शेयर कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावर लिमिटेडको ५८ करोड माथिको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज फाइनान्स, विकास बैंक, होटल तथा पर्यटन र हाइड्रोपावरको शेयर सर्वाधिक घटेको हो । आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ ।






About Us
प्रतिक्रिया