सनिगाड हाइड्रोले सर्वसाधारणको लागि ६७ लाख कित्ता भन्दा बढी सेयर निष्काशन गर्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सनिगाड हाइड्रोले सर्वसाधारणको लागि ६७ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ।

१ सय रुपैयाँ अंकित मूल्य रहेको साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिक तथा सर्वसाधारणका लागि निष्कासन गरिँदै छ। साधारण सेयर निष्कासनका लागि कम्पनीले सन्राइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

साधारण सेयर निष्कासनका लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलालबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बझाङ जिल्लास्थित सनिगाड हाइड्रोको जारी पुँजी २ अर्ब २५ करोड रहेको र विद्युत् उत्पादन क्षमता ३८.४६ मेगावाट छ। आयोजना निर्माणकार्य सम्पन्न भई केही साताभित्र विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।