बैंकिङ्ग प्रणालीको निक्षेप २७ अर्बले बढ्यो, कर्जा प्रवाह २६ अर्ब


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवैमा भारी रकमको वृद्धि देखिएको छ । केन्द्रीय बैंकको चैत ३० गते र ३१  गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप एक दिनमा २७ अर्ब रुपैयाँले बढेको हो ।

तथ्यांकअनुसार चैत ३० गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६८ खर्ब ५७ अर्ब रुपैयाँ संकलन भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि २१ अर्ब रुपैयाँले बढेकाे छ ।

समीक्षा अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा भारी रकमको वृद्धि देखिएको छ । सो अवधिमा कर्जा  प्रवाह २६ अर्ब रुपैयाँले बढेको छ । यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जा २३ अर्ब रुपैयाँले बढेको छ ।

सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडी रेसियो ७९ दशमलव ४५ प्रतिशत रहेको छ ।