काठमाडौं । प्राइम बैंकले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको आज प्रकाशित वित्तीय विवरणअनुसार बैंकले चालू आर्थिक वषृ २०८१/८२ को तेस्रो त्रैमाससम्मको अवधिमा २ अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।
बैंकले तेस्रो त्रैमासमा भने ३५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी, गत वर्षको तेस्रो त्रैमासमा बैंकले ६९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै, बैंकले गत वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नाफा ६४ करोड ९४ लाख रुपैयाँले घटेको छ । यो बैंकले चालू वर्षको ९ महिनाको अवधिमा ८ अर्ब ३४ करोड ४३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, कर तिर्नुअघि बैंकको नाफा ३ अर्ब १९ करोड ३७ लाख रुपैयाँ थियो ।
नाफा घटेपछि बैंकको प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ छ । यस्तै, प्रतिशेयर कूल सम्पत्तीको मूल्य १५ सय ४४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १६.३२ र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ ।






About Us
प्रतिक्रिया