काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ्गले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको छ । सो एफपीओ ५ हजार १२९ जनालाई परेको छ ।
तीमध्ये २ जनाले ११ कित्ताका दरले पाएका छन्, एक जनाले १०.५० कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन् । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२.५० कित्ता शेयर निष्कासन गरेको हो ।
१९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको थियो । १९ लाख १५ हजार ८१० जनाको हात रित्तो भएको छ । नतिजा सीडीएससीको वेबसाइटमा हेर्न सकिनेछ ।






About Us
प्रतिक्रिया