काठमाडौं – चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कुमारी बैंकको नाफा खुम्चिएको छ । कुमारी बैंकले २०८१ चैत मसान्तसम्मको अवधिमा २८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत वर्षको यही अवधिमा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले प्रकाशन गरेको वित्तीय विवरणअनुसार यस अवधिमा ७६ करोड ६९ लाख रुपैयाँले नाफा घटेको हो । नाफा घटेसँगै कुमारी बैंकको प्रतिशेयर आम्दानी समेत घटेको छ । गत वर्षको चैत मसान्तमा ५.३५ रहेको प्रतिशेयर आम्दानी यस अवधिमा १.४५ मा आइपुगेको छ ।
यस्तै, बैंककाे चैत मसान्तसम्म सञ्चालन आम्दानी ८५ करोड ८३ लाख रुपैयाँ थियो । जसमध्ये कर तिर्नुअघि बैंकको नाफा ७५ करोड ३४ लाख रुपैयाँ थियो । बैंकले यस अवधिमा राज्यकोषमा ९३ करोड रुपैयाँ कर तिरेको छ ।
प्रतिक्रिया