काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । आज प्रकाशित बैंकको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको अवधिमा बैंकले सो नाफा आर्जन गरेको हो ।
बैंकले तेस्रो त्रैमासमा भने १ अर्ब ८२ करोढ २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन, गत वर्षको यही अवधिमा १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन भएको थियो । यस्तै, बैंकले गत वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
जुन, चालू वर्षको तेस्रो त्रैमाससम्मको अवधिको नाफाजको तुलनामा १ अर्ब २६ करोड न्यून हो । प्रकाशित विवरणअनुसार बैंकको पीई रेसियो ११.९२ छ भने नेटवर्थ प्रति शेयर १९० रुपैयाँ छ । यस्तै टोटल एसेट प्रति शेयर १६ सय १० छ ।
प्रतिक्रिया