काठमाडौं । डा. गुणाकर भट्टविरुद्ध परेको ‘रिट’ माथिको सुनुवाई आज हुने भएको छ । दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच तल्लो वरियतामा रहेका कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर बनाउने निर्णय भएको थियो । यसविरुद्ध शुक्रबार परेको रिटमाथि आज सुनुवाई हुने भएको हो ।
डा. भट्टले गभर्नर बन्ने पक्कापक्की भएपछि शुक्रबार पदबाट राजिनामा दिएका थिए । तर, कार्यवाहक गभर्नर डा. नीलम ढुंगानाले उनको राजिनामा स्वीकृत गरेकी छैनन् । यसबाहेक, कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको राजिनामा समेत स्वीकृत भएको छैन ।
डा. भट्ट राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक समेत होइनन् । यस्तै, कार्यकारी निर्देशकबाट सिधै गभर्नर बन्न परिकल्पना नगरिएकाले उनले पदबाट राजिनामा दिएका थिए । तर, उनलाई गभर्नर बन्नबाट रोक्ने लक्ष्यसहित अधिवक्ताहरु विशाल थापा र प्रतिभा उप्रेतीले १८औं गभर्नरको दौडमा रहेका डा। भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
शुक्रबार परेको रिटलाई सर्वोच्च अदालतले फास्ट ट्र्याकमा राखेर आजै मुद्धा हेर्ने भएको छ । आजको फैसलाले भट्ट गभर्नर बन्ने/नबन्ने तय हुन्छ । तर, कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर बनाउने सत्ताधारी दलको निर्णयमाथि चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया