काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसदिन प्रतितोला छापावाल सुन १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भयो । यस्तै, आइतबार बढेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार सात सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार घटेको सुनको मूल्य बुधवार पुनः ऐतिहासिक बिन्दुमा पुग्यो । त्यसदिन सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुग्यो । बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढ्दै १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भयो ।
यस्तै, शुक्रबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट देखियो । बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ घट्यो । मूल्य घटेसँगै प्रतितोला सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भयो । यो साता समग्रमा सुनको मूल्यमा प्रतितोला ३ हजार रुपैयाँको वृद्धि देखियो ।






About Us
प्रतिक्रिया