गभर्नर बन्न राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा

गभर्नर बन्न राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा


काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । गभर्नरको दौडमा रहेका उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।

उनले आज अर्थात् शुक्रबार राजीनामा बुझाएका हुन् । केही समयअघि देखि नै राष्ट्र बैंकको सम्भावित तथा १८औं गभर्नरकारुपमा डा. गुणाकर भट्टको नाम अघि आएको थियो । तर, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको भूमिकामा रहेका भट्टलाई गभर्नर बन्नबाट राष्ट्र बैंक ऐन नै बाधक बन्ने भएपछि उनले पदबाट राजीनामा दिएको बताइन्छ ।