काठमाडौं – चैतमा २० वाणिज्य बैंकहरुमध्ये १७ वटाले कर्जा लगानी बढाएका छन् । वाणिज्य बैंकहरुले चैतमा ६३ अर्ब ९० करोड रुपैयाँ कर्जा विस्तार गरेका हुन् । चैतमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९० करोड, नबिल बैंकले ७ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६० करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १० करोड कर्जा प्रवाह गरेका छन्।

चैतमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ । यस्तै, प्रभु बैंक , कुमारी बैंक र एनआइसी एशिया बैंकको कर्जा लगानी क्रमशः ३ अर्ब ५० करोड, १ अर्ब ४० करोड र ५० करोड रुपैयाँले कर्जा लगानी घटेकाे हाे ।
प्रतिक्रिया