अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पुस २१ गते सधारण सभा हुने

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पुस २१ गते सधारण सभा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले युनियन हाउस, अनामनगर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।

साथै संस्थापक शेयरधनीहरुबाट चार जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना समेत गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २१ गतेसम्म बुक क्जोज गरेको छ । बुक कलोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।