दोर्दी खोला जलविद्युतको हकप्रद शेयरमा आवेदन दिन ४ दिन बाँकी 

दोर्दी खोला जलविद्युतको हकप्रद शेयरमा आवेदन दिन ४ दिन बाँकी 


काठमाडौं –  दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिन अब ४ दिन बाँकी रहेको छ । कम्पनीले गत साल चैत १९ गते निष्कासन खुल्ला गरेको  हकप्रद शेयरमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

कम्पनीले हाल चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले १ अर्ब ५ करोड  ४२ लाख ६० हजार ४ सय रुपैयाँको प्रतिशेयर १ सय रुपैयाँका दरले अङ्कित मूल्य १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

साथै, शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले गत साल फागुन १५ गते दाखिल खारेज (बुक क्लोज) गरेको थियो ।  बुक क्लोज हुनुभन्दा अघिल्लो कारोबारको दिनसम्म (फागुन १३) कायम साबिक शेयरधनीहरूले सो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटल रहेको छ ।