काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक मदन पोखरेलको पदावधि सकिएकाे छ । कम्पनीको आज बसेको सञ्चालक समितिको ५५६ औं बैठकले पोखरेलको ३ वर्षे कार्यकाल समाप्त भएकाे जानकारी दिएकाे हाे ।
नेपाल सरकार, अर्थ मन्त्रालयको गत साल चैत २६ को पत्रबाट अर्थमत्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी सदस्यको नियुक्ति मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ५ अनुसार पोखरेलको कार्यकाल सकिएकाे हाे ।
प्रतिक्रिया