काठमाडौं – बिहीबार नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार १ लाख ८७ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत चैत ३१ गते चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया