काठमाडौं– पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको चैत २९ गते र ३० गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकदिनमा १ अर्ब रुपैयाँको गिरावट देखिएको हो ।
तथ्यांकअनुसार चैत २९ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ६८ खर्ब ३० अर्ब रुपैयाँ संकलन भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि १ अर्ब रुपैयाँको गिरावट देखिएको छ ।
समिक्षा अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा पनि सामान्य गिरावट देखिएको छ । सो अवधिमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जामा ३ अर्ब रुपैयाँले घटेको हो । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा २ अर्ब रुपैयाँले घटेकाे छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडि रेसियो ७९ दशमलव ४० प्रतिशत रहेको छ ।
प्रतिक्रिया