धितोपत्र बोर्ड, नेप्से र सीडीएससीबीच समन्वय बैठक

धितोपत्र बोर्ड, नेप्से र सीडीएससीबीच समन्वय बैठक


काठमाडौं – धितोपत्र बोर्ड, नेपाल स्टक एक्चेन्ज र सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारीबीच छलफल भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं तथा सीडीएससी प्रवन्ध सञ्चालक प्रविन पन्दाकबीच नेप्सेको पुनर्संरचना लगायतका विषयमा छलफल भएकाे हाे।

दोस्रो बजारको नियमनलाई प्रभावकारी बनाउने र गलत हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउने विषयमा छलफल भएको थियो। छलफलमा बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ तथा सुपरीवेक्षण विभाग प्रमुख रूपेश केसी पनि सहभागी थिए।