कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना


काठमाडौं– कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनु हुनेछ, जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारको लागि स्वतः योग्य हुनेछन् ।

यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ बैंशाख २०८२ देखी ३१ बैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।