नेप्से ७.१ अंकले बढ्दा ७ अर्ब माथिको शेयर कारोबार

नेप्से ७.१ अंकले बढ्दा ७ अर्ब माथिको शेयर कारोबार


काठमाडौं – बुधबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशलमव १ अंकले बढेर २,६९६ को विन्दुमा कायम भएको छ। आज १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

राधि विद्युत कम्पनीको ५० करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।

नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८१ प्रतिशतका दरले गुमाएका हुन्।