स्वरोजगार लघुवित्तले बोलायो १६ औँ वार्षिक साधारण सभा, बुक क्लाेज कहिले ?

स्वरोजगार लघुवित्तले बोलायो १६ औँ वार्षिक साधारण सभा, बुक क्लाेज कहिले ?


काठमाडौं –  स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १६ औँ वार्षिक साधारण सभामा बोलाएको छ ।  संस्थाको वैशाख २ गते बसेको सञ्चालक समितिको २८६ औँ बैंठकको निर्णय अनुसार वैशाख २९ गते सो सभा बस्ने निर्णय गरेको हो । कम्पनी ऐन, २०६३ बमोजिम उक्त सभा वैशाख २९ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बस्ने भएकाे छ ।

सो सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ. व. २०८०/०८१ सम्मको वितरण योग्य मुनाफाबाट यस संस्थाको हाल कायम चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २ सय ९३ रुपैयाँको  १३.५० प्रतिशतका दरले हुने ९ करोड ३२ लाख ४२ हजार १ सय १० रुपैयाँको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

साथै, उक्त सभा प्रयोजनका लागि शेयरधनी दर्ता किताब (बुक क्लोज) वैशाख ११ गते बन्द हुनेछ । सभामा वैशाख १० गतेसम्म नेपाल स्टक एक्चेञ्जमा कारोबार भई शेयर रजिस्ट्रार लागतमा कायम शेयरधनीहरु मात्र भाग लिन पाउनेछन् ।