काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना नियुक्त भएका छन् । कम्पनीको छैटौँ वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण समूहबाट ६ जना सञ्चालक चयन गरेको हो ।
जसमा संस्थापक समूहतर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फ २ जना नियुक्त भएका छन् । संस्थाको संस्थापक समूहतर्फबाट निर्वाचित हुनेहरूमा शम्भु प्रसाद घिमिरे, बिमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा रहेका छन् ।
यस्तै, सर्वसाधारण समूहतर्फबाट निर्वाचित हुनेहरूमा भरत बहादुर हमाल र विनोद आचार्य रहेका छन् ।
प्रतिक्रिया