सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज २७ सयले बढ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, आज २७ सयले बढ्यो


काठमाडौं – बुधबार नेपाली बजारमा पुनः सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ । आज एकैदिन २ हजार ७ सय रुपैयाँले बढ्दै प्रतितोला सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ मूल्य पुगेको हाे ।

मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य आज बढ्दै फेरि नयाँ रेकर्ड बनेको हो । यसअघि सोमबार प्रतितोला १ लाख ८६ हजार रूपैयाँ पुगेकाे थियाे ।

आज चाँदी तोलामा १० रुपैयाँ बढेको छ । १० रुपैयाँ बढेसँगै प्रतितोला चाँदी १ हजार ९५५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।