काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बन्दमुखी म्युचुअल फन्ड रिलायबल समृद्धि योजनामा आज (बुधबार) देखि आवेदन खुलेको छ ।
अंकित मूल्य १० का दरले कुल १० करोड इकाइ जारी हुन लागेको हो । यसमध्ये १४ प्रतिशत योजना व्यवस्थापक रिलायबल क्यापिटल र १५ प्रतिशत कोष प्रवद्र्धकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीको लागि खुला गरिएको छ ।
यस म्युचुअल फन्डमा लगानी गर्न चाहनेले छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिमा सम्पूर्ण मात्रामा बिक्री नभएमा ढिलोमा १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १ सय कित्ता तथा अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् । यो योजना १० वर्षे अवधिको हो । १० वर्षपछि योजनाको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गरेर इकाइधनीलाई वितरण गरिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया