काठमाडौं – पियोर इनर्जी लिमिटेडको आईपीओमा माग भन्दा १९ गुणा धेरै आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्ममा माग भन्दा १९ गुणा बढीले आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ निष्काशन गरेकोमा १९ लाख ३६ हजार जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो ।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ। जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया