काठमाडौं – सर्वसाधारणका लागि बिमा दोकानले क्यासब्याक अफरसहित नयाँ योजना सार्वजनिक गरेको छ । सानो रकमले ठूलो आर्थिक रक्षावरण हुने गरी योजना ल्याइएको कम्पनीले जनाएको छ । यसका लागि वैशाख १० भित्र बीमा गरिसक्नुपर्नेछ ।
३५ वर्षको व्यक्तिका लागि ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा १ लाख ५७ हजार १ सय ५८ रुपैयाँमा हुने कम्पनीको भनाइ छ । यस योजनामा १८ ओटा घातक रोगको रक्षावरणसँगै पोलिसी म्याचुरिटीपछि मृत्युलाभ र ५ लाख बराबरको स्वास्थ्य बीमासहित अन्य थुप्रै अत्यावश्यक सुविधा रहेको कम्पनीले बताएको छ ।
यस योजनामा सहभागी हुन बीमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । ३७ दिनभित्र बाँकी ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया