रिलायबल लाइफको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना’ भोलिबाट निष्काशन हुँदै

रिलायबल लाइफको सामूहिक लगानी कोष ‘रिलायबल समृद्धि योजना’ भोलिबाट निष्काशन हुँदै



काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्ड भोलिबाट निष्काशन हुँदैछ । यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ। बीमा कम्पनीहरूले आफ्नो ८० प्रतिशत हाराहारी लगानीयोग्य रकम बैंकको मुद्दतीमा थुपारिरहँदा रिलायबल लाइफले नयाँ अभ्यास सुरु गरेको हो । फन्डको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ भने यो समग्र बीमा क्षेत्रमा नै पहिलो अभ्यास हो ।

र १ अर्ब रुपैयाँको पुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख ७ गते बैंकिङ समयपछि हुनेछ। सो अवधिसम्म सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा वैशाख १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।