नेको इन्स्योरेसको हकप्रद सेयर बाँडफाँट 


काठमाडौँ – नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको २५ प्रतिशत हकप्रद सेयर बाँडफाँट गरेको छ।

कम्पनीले माघ १७ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई आधार मानेर २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्तापुँजीको २५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गरेको हो। 

कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर सार्वजनिक रूपमा बिक्रीका लागि खुला गरेको थियो। सो अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरूबीच चैत ३१ गते हकप्रद सेयरको बाँडफाँट गरिएको हो। बाँडफाँटपछि कुल ४८ लाख ५ हजार ६४०.२० कित्ता हकप्रद सेयर वितरण गरिएको छ।

यस चरणमा २ लाख २५ हजार २६१.३५ कित्ता सेयर भने बाँडफाँट हुन बाँकी रहेको छ। यी बाँकी सेयरहरू लिलामी प्रक्रियाबाट विक्री गरिनेछ। कम्पनीले  हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका सानिमा क्यापिटल लिमिटेड थियो।