हत्या गरी लुकीछिपी बसेको अपराधी १७ वर्ष प्रश्चात् पक्राउ 


काठमाडौं – जन्म कैद सजाय तोकिएका लोकनाथ साह तेलीले १७ वर्षपछि पर्साको विन्दवासिनी गाउँपालिका-२ बाट पक्राउ परेका छन् । उनीमाथि २०६९ कात्तिक २४ गते सर्वोच्च अदालतले साबिक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्म कैद ठहरको फैसला सुनाएको अनुसन्धान ब्युरोले जनाएको छ । 

उनी दश वर्षसम्म भारतको चम्पारण पिपरीयामा रहेको राम जनकी मन्दिरमा पुजारीको रुपमा लुकीछिपी बसेको खुल्न आएको ब्युरोले बताएको छ । उनलाई प्रहरीले पक्राउ गरी चैत २६ चैत पर्सा जिल्ला अदालतमा प्रेस गरिएको थियो ।