काठमाडौं – नेपाल राष्ट्र बैंकका तिन निर्देशकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । बढुवा हुनेहरुमा रोशन कुमार सिग्देल, चेत प्रसाद उप्रेती र डा. रामशरण खरेल रहेका छन् ।
राष्ट्र बैंककाअनुसार तिन जनालाई कार्यकारी निर्देशकमा बढुवा गरेपनि कुन विभागको जिम्मेवारी दिने भने टुंगाे लागिसकेको छैन । हाल सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा, उप्रेती गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण र खरेल बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यररत रहेका छन् ।
प्रतिक्रिया