काठमाडौं – नेपाल एसबीआई बैंकका वैकल्पिक सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन्। भण्डारी बैंकको संस्थागत शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।
बैंकको गत साल चैत ३१ गते सम्पन्न सञ्चालक समितिको ५२७ औँ बैंठकले भण्डारीलाई सो पदमा नियुक्त गरेको हो । यसअघि नवराज पौडेलले सो पदमा कार्यभार सम्हाल्दै आएका थिए ।
पौडेलले गत साल चैत ३१ गते देखि लागू हुने गरी सो पदबाट राजीनामा दिएको सचिव श्रीधर अधिकारीले जानकारी दिएका छन् ।



About Us
प्रतिक्रिया