काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत चैत ३१ गते सुनको मूल्य १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइ हालसम्मकै उच्च भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । गत चैत ३१ गते चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।






About Us
प्रतिक्रिया