काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी शान्त राज बतासेले आफ्नो नाममा रहेको शेयर बिक्रिमा राखेका छन् । बतासेले १ लाख ४२ हजार ५ सय १३ कित्ता शेयर बिक्रिमा राखेका हुन् ।
बैंकले यी शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीहरूलाई भने यसअघि नै खरीदका लागि प्रस्ताव गरिसकिएको बैंकले जनाएको छ ।
सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले आगामी १५ दिनभित्र बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ।



About Us
प्रतिक्रिया