बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी रकमको वृद्धि देखिएको छ । केन्द्रीय बैंकको चैत २६ गते २७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन ११ अर्ब रुपैयाँको वृद्धि देखिएको हो ।

तथ्यांकअनुसार चैत २६ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६८ खर्ब १५ अर्ब रुपैयाँ संकलन भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ११ अर्ब रुपैयाँको वृद्धि देखिएको छ ।

सो समयमा वाणिज्य बैंकहरुको निक्षेप ६९ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकिङ्ग प्रणालीको कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । सो अवधिमा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जामा ७ अर्ब रुपैयाँकोल वृद्धि देखिएको छ ।

वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा ६ अर्ब रुपैयाँले बढेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडि रेसियो ७९ दशमलव ४३ प्रतिशत रहेको छ ।